जसपाले रेणुलाई कार्यकारिणी समितिबाट हटायो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले नेत्री रेणु यादवलाई कार्यकारिणी समिति र राजनीतिक समितिबाट हटाएको छ ।
गत महिना वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकमा उनले राजीनामा दिएको घोषणा गर्दै पार्टीको कुनै भूमिकामा नरहेको बताएकी थिइन् ।
जसअनुसार पार्टीले उनलाई कार्यकारिणी र राजनीतिक समितिबाट हटाउनले निर्णय गरेको जसपाका एक नेताले बताए ।
यद्यपि, ४६६ सदस्यीय केन्द्रीय समितिमा उनको नाम भने कायम नै छ ।
एक महिनाअघि मन्त्रीबाट हट्नु परेपछि नेतृ यादव अध्यक्ष उपेन्द्र यादवसँग असन्तुष्ट थिइन् ।
ताजा अपडेट
-
नेपाललाई दक्षिण एशियामा शिक्षाको हब बनाउन सकिन्छ ?
-
नयाँ बानेश्वरबाट मोटरसाइकल चोरी गर्ने एकजना पक्राउ
-
बञ्चरेडाँडामा फोहर व्यवस्थापनमा भइरहेको अवरोध अन्त्यका लागि ३ बुँदे सहमति
-
पूर्वयुवराज्ञी हिमानी अस्पताल भर्ना
-
मुख्यमन्त्री केजरीवालले सुरु गरेको ‘भारतलाई पहिलो बनाऔँ’ अभियान के हो ?
प्रतिक्रिया