NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

चीनले लगायो अमेरिकी सभामुख पेलोसीसहित परिवारमाथि प्रतिबन्ध

एजेन्सी । चीनले शुक्रबार अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसी र उनका निकटतम परिवारका सदस्यविरुद्ध प्रतिबन्ध लगाएको छ ।

चिनियाँ विदेश मन्त्रालयले सो निर्णयको घोषणा गर्दै अमेरिकी तीन शीर्ष अधिकारीहरूमध्येकी पेलोसीले देशको चासोलाई बेवास्ता गर्दै ताइवान भ्रमण गर्न जोड दिएका दिएको बताएको छ ।

यो भ्रमणले चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गर्ने, चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई कमजोर पार्ने, एक चीन सिद्धान्तलाई कुल्चिने र ताइवान क्षेत्रमा शान्ति र स्थिरतालाई खतरामा पार्ने पनि मन्त्रालयले जनाएको छ ।

चीनलाई अमेरिकाको प्रश्न, ‘पेलोसीले ताइवान भ्रमण गर्दा उत्तेजित हुनुपर्ने कारण के ?

पेलोसीको ताइवान भ्रमणबारे रुसको प्रतिक्रिया : यो एउटा दुर्भावनापूर्ण उत्तेजना