नेकपा नेता केसी हत्याको आरोपमा एकजना पक्राउ

काठमाडाैं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता लोकमान खत्री केसीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यान अनुसार पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१ का ४० वर्षीय टोपबहादुर खत्री रहेका छन् । मृतक केसीका परिवारले किटानी जाहेरीका आधारमा खत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान बागचौर नगरपालिका–१० मोख्लाको शिवगुफा सामुदायिक वननजिकै लोकमान मृत भेटिएका थिए ।
टोपबहादुरलाई उनको घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताए ।
ताजा अपडेट
-
नेपाललाई दक्षिण एशियामा शिक्षाको हब बनाउन सकिन्छ ?
-
नयाँ बानेश्वरबाट मोटरसाइकल चोरी गर्ने एकजना पक्राउ
-
बञ्चरेडाँडामा फोहर व्यवस्थापनमा भइरहेको अवरोध अन्त्यका लागि ३ बुँदे सहमति
-
पूर्वयुवराज्ञी हिमानी अस्पताल भर्ना
-
मुख्यमन्त्री केजरीवालले सुरु गरेको ‘भारतलाई पहिलो बनाऔँ’ अभियान के हो ?
प्रतिक्रिया