NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

अमेरिकामा बेरोजगारी दर घट्यो

एजेन्सी । जुलाईमा अमेरिकी बेरोजगारी दर ३।५ प्रतिशतले कम भएको श्रम मन्त्रालयले शुक्रबार जनाएको छ ।

अमेरिकी रोजगारीको अवस्थामा वृद्धि गत महिनामा पनि उल्लेख्य देखिएको छ । थप पाँच लाख २८ हजारभन्दा बढी रोजगारी पाएको र यसलाई मन्दी आउने अनुमानबीच एक आश्चर्यजनक उपलब्धिका रूपमा लिइएको सरकारद्वारा शुक्रबार सार्वजनिक तथ्याङ्कमा जनाइएको छ ।

कोभिड–१९ महामारीपछि उद्योग तथा फर्महरूले मागेको जनशक्तिका कारण यस पहिले रोजगारी गुमेका अत्यधिक व्यक्तिले रोजगारी पाएका कारण अमेरिकी बेरोजगारी दर ३।५ प्रतिशतले कम भएको श्रम मन्त्रालयले जनाएको छ ।

तथ्याङ्कअनुसार कूल गैर–कृषि रोजगार पनि महामारीअघिको स्तरसम्म पुनः पुगेको तथ्याङ्कले देखाएको छ ।