NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

बेनर्जीले भेटिन् मोदी

काठमाडौं । पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छिन् ।

प्रधानमन्त्री निवासमा भएको भेटवार्ताका क्रममा उनीहरूबीच बस्तु तथा सेवा करका बारेमा छलफल भएको अधिकारीहरूले जनाएका छन् ।

चार दिने दिल्ली बसाइका क्रममा मुख्यमन्त्री बेनर्जीले राष्ट्रपति द्रोपदी मुर्मूसँग पनि भेटवार्ता गरेकी छिन् ।

उनले नीति आयोग सञ्चालक परिषद्को बैठकमा सहभागी हुने सम्भावना पनि रहेको छ । प्रधानमन्त्रीले अध्यक्षता गर्ने आयोगको अघिल्लो वर्षको बैठकमा भने उनले सहभागिता जनाएकी थिइनन् ।

त्रिमुल कंग्रेस पार्टीकी प्रमुख समेत रहेकी बेनर्जीले बिहीबार आफ्नो पार्टीबाट संघीय संसदमा निर्वाचित नेताहरूसँग बैठक गरेकी थिइन् ।

आफ्नो पार्टीका सांसदहरूसँग उनले संसद्मा सांसद्हरूले खेल्नुपर्ने भूमिकाका बारेमा छलफल गरेको जनाइएको छ ।

त्यसैगरी आगामी सन् २०२४ मा हुने लोकसभा निर्वाचनको तयारी र रणनीतिका बारेमा पनि कुराकानी भएको सांसदहरूले जानकारी दिएका छन् ।

दिल्लीमा रहेका बेला उनले अन्य उच्च पदस्थ अधिकारी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुसँग पनि छलफल गरेकी थिइन् ।