NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

पाँच महिनापछि चोलेन्द्रविरुद्धको महाभियोग प्रस्ताव संसदमा पेस हुँदै

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रतिनिधिसभामा आज पेस हुँदैछ । राजनीतिक दलहरूले महाभियोग लगाएको पाँच महिनापछि यससम्बन्धी प्रस्ताव प्रतिनिधिसभामा पेस हुन लागेको हो । चोलेन्द्रविरुद्ध गत फागुन १ गते विभिन्न २१ अभियोगसहित संसद् सचिवालयमा महाभियोग दर्ता गरिएको थियो ।

संसद् सचिवालयमा दर्ता कुनै पनि महाभियोग प्रस्ताव एक सातामा प्रतिनिधिसभामा प्रस्तुत गर्न योग्य हुन्छ । तर सभामुख अग्निप्रसाद सापकोटाले यसललाई छलफलमा नलगेर थाती राखेका थिए । जसको आलोचना हुँदै आइरहेको छ ।

संघीय संसद सचिवालयले कार्यसूची सार्वजनिक गर्दै आइतबार बिहान ११ बजे बस्ने बैठकमा चोलेन्द्रविरुद्धको महाभियोग प्रस्ताव पेस गर्ने उल्लेख गरेको छ ।

संघीय संसद सचिवालयमा महाभियोग प्रस्ताव पेस भएपछि यसबारे छलफलको समय तोकेर महाभियोग सिफारिस समितिमा पठाउनुपर्ने प्रावधान छ । समिति यस्तो विषयले प्रवेश पाएको तीन महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ ।