NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

मेगा बैंकको नाफा २ अर्ब ८३ करोड पुग्यो

काठमाडौं । मेगा बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमासमा अधिकांश सूचकमा प्रगति गरेको छ । खुद नाफासँगै प्रतिसेयर आम्दानीमा पनि सुधार भएको छ ।

बैंकले एक वर्षमा बैंकको खुद नाफा २१.७८ प्रतिशतले बढेर २ अर्ब ८३ करोड १८ लाख रुपैयाँ पुगेको छ । बैंकले अघिल्लो वर्ष २ अर्ब ३२ करोड ५४ लाख २९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी २.०४५ ले बढेर ५ अर्ब ९१ करोड १३ लाख २९ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकको सञ्चालन नाफा २५.८३ प्रतिशत बढेर ४ अर्ब १३ करोड ७९ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । असार मसान्तसम्म आइपुग्दा बैंकको रिजर्भ कोष पनि बढेर ५ अर्ब नाघेको छ । चुक्ता पुँजी १६ अर्ब माथि छ । हाल यो बैंक नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा प्रक्रियामा रहेको छ । खुद नाफा बढेसँगै प्रतिसेयर आम्दानी १ रुपैयाँ ६४ पैसाले बढेर १७ रुपैयाँ ५७ पैसा पुगेको छ ।