NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सन्दर्भ फ्रेण्डसिप डे : भुलेर पनि नगर्नुहोस् साथीसँग यी चार गल्ती

समाजमा हरेक मानिस कुनै न कुनै सम्बन्धले बाँधिएको हुन्छ । जन्मदेखि नै मानिसले धेरै सम्बन्ध गाँसेको हुन्छ । धेरै सम्बन्धहरू एक परिवारको रूपमा व्यक्तिको वरिपरि घुम्छन्, हजुरबा हजुरआमा, आमाबुवा र भाइबहिनीहरू। यद्यपि, यस्तो सम्बन्ध पनि हुन्छ जुन व्यक्तिसँग जन्मले जोडिएको हुँदैन तर रोजाइ अनुसार मानिसले यस्तो सम्बन्ध जोड्छन् । यो सम्बन्ध सधैं तपाईंको साथमा रहन्छ र तपाईंलाई बुझ्छ । यसलाई भनिन्छ, मित्रता । लगभग सबैको जीवनमा कुनै न कुनै साथी हुन्छ। यसकै महत्तालाई उजागर गर्न हरेक वर्षको अगस्टको पहिलो आइतबारलाई फ्रेण्डसिप डे अर्थात् मित्रता दिवसका रूपमा मनाउने गरिएको छ । यस वर्षको फ्रेन्डशिप डे ७ अगस्टमा मनाइँदैछ ।

यदि तपाईंको जीवनमा एक साथी छ र यो मित्रता तपाईं सधैंभरि राख्न चाहनुहुन्छ भने यी सुझावहरू आत्मसात् गर्नुस्, जसले तपाईंको सुमधुर सम्बन्धमा कहिल्यै तिक्तता ल्याउँदैन ।

 झूट नबोल्नुहोस्

मित्रता विश्वासमा आधारित हुन्छ। त्यसैले मित्रताको पहिलो नियम झूटदेखि टाढा छ। साथीसँग कहिल्यै झुट नबोल्नुहोस्। कसैसँग मित्रता गर्दा, आफैंलाई वाचा गर्नुहोस् कि तपाईं मित्रताको बीचमा झूट आउन दिनुहुन्न। सम्बन्धमा झुट बोल्दा मित्रता टुट्छ ।

स्वार्थबाट टाढा रहनुहाेस्

मित्रताको सम्बन्ध निःस्वार्थ हुनुपर्छ। साथीबाट फाइदा कहिल्यै नाजायज फाइदा नलिनुहोस्। तपाईंलाई आर्थिक सहयोग चाहिन्छ, तर मित्रतामा पैसा कहिल्यै नल्याउनुहोस्। किनकि, जब तपाईं आफ्नो आवश्यकताका लागि साथी र उसको पैसामा निर्भर हुन थाल्नुहुन्छ, तब मित्रता धर्मराउन पुग्छ ।

आफ्नोबारे खुलस्त बताउनुहाेस्

मानिसहरू आफ्नो मनको कुरा साथीहरूसँग सेयर (साझा) गर्छन्। तर जब साथीबाट कुरा लुकाउन थाल्छौं तब सम्बन्धमा दूरी आउन थाल्छ । जब साथीले तपाईंका बारेमा अरू कसैबाट थाहा पाउँछ, तब मित्रतामा दूरी आउन थाल्छ।

साथीलाई सहयोग गर्नबाट पछि नहट्नुहोस्

मित्रताको अर्थ हरेक दुःख, सुखमा साथ दिनु हो । जब साथी समस्यामा छ, त्यस्तो बेला उसलाई सहयोग गर्नबाट कहिल्यै पछि नहट्नुहोस् । साथीलाई वाचा गर्नुहोस् कि तिमीलाई आइपरेको समस्या हल गर्न जुनसुकै परिस्थितिमा पनि तयार छु ।

तपाईंसँग साथीलाई मद्दत गर्न पर्याप्त स्रोतहरू नहुन सक्छ, तर तपाईंको साथीलाई मानसिक रूपमा कमजोर र एक्लो महसुस गर्न नदिनुहोस्। तपाईंको स्पष्ट नियतले मित्रतालाई बलियो बनाउँछ र सहयोगको नाममा साथीलाई बेवास्ता गर्दा मित्रताको अन्त्य हुनेछ।