NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

महालक्ष्मी विकास बैंकको नाफा ४४ प्रतिशतले बढ्यो

काठमाडाैं । महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा ९५ करोड १९ लाख ८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७८/०७९ को अपरिस्कृत वित्तीय विवरणअनुसार नाफा अघिल्लो आव २०७७/०७८ को तुलनामा ४४.२१ प्रतिशतले बढाएको हो ।

बैंकले अघिल्लो आवमा ६६ करोड मुनाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी १८.०८ प्रतिशतले बढेर १ अर्ब ८९ करोड २० लाख पुगेको छ । बैंकले असार मसान्तसम्म ४५ अर्ब ८९ करोड ८३ लाख निक्षेप संकलन गरेर ४० अर्ब ४२ करोड १९ लाख कर्जा लगानी गरेको हो ।

बैंकको निक्षेप र कर्जा क्रमश ३९ अर्ब ८८ करोड १२ लाखबाट १५।०९ प्रतिशत र ३५ अर्ब ७९ करोड ४४ लाखबाट १२.९३ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७७/७८ मा निष्कृय कर्जा अनुपात २।८० प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७८/०७९ मा ०.३७ प्रतिशतले सुधार भई २.४३ प्रतिशत पुगेको छ ।

अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ३४ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले गत आबमा २० प्रतिशत बोनस सेयर दिएर ४ अर्ब १ करोड ८ लाख पुयाएको छ । बैंकको प्रतिसेयर आम्दानी १९.७५ रुपैयाँ बढेर २३।७३ रुपैयाँ पुगेको छ ।

यस्तै पूँजी पर्याप्तता अनुपात ११.९४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा शेयरधनी पूंजी कोष ५ अर्ब ५७ करोड ९३ लाख रहेकोमा आर्थिक वर्ष २०७८र०७९ मा शेयरधनी पूंजी कोष ६ अर्ब ४२ करोड ९ लाख छ ।