NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सन्दीपले गरे नेपाली क्रिकेट समर्थकको प्रशंसा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाली क्रिकेट समर्थकको प्रशंसा गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत नेपाल क्रिकेटमा भएको सबैभन्दा राम्रो कुरा भावुक र माया गर्ने समर्थक रहेको बताएका छन् ।

‘नेपाल क्रिकेटमा भएको सबैभन्दा राम्रो कुरा भनेको नेपाल क्रिकेटका भावुक र माया गर्ने फ्यान हुन् । उनीहरूको भावना र क्रिकेट खेलप्रतिको माया अतुलनीय छ ।’

केही समयअघि अमेरिकी क्रिकेटर अली खानले नेपाली समर्थक विश्वकै सबैभन्दा खराब भनेका थिए । सो बेला पनि सन्दीपले त्यसको बचाउ गर्दै नेपाली समर्थकविनाको क्रिकेट विश्वनक्शा अधुरो रहने बताउँदै यसरी सामान्यायीकृत नगर्न अलीलाई चेतावनी दिएका छन् ।

नेपालीलाई ‘खराब समर्थक’ भनेका अमेरिकी क्रिकेटर अलीलाई सन्दीपले दिए जवाफ

सन्दीपले समर्थकसँगका दुई तस्बिर पनि शेयर गरेका छन् । ती तस्बिर कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानका हुन् ।