NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

चाेलेन्द्रविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

काठमाडौं । प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाभियोग सिफारिस समितिमा पठाएको छ ।

प्रस्तावमाथि संसदुमा आज छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव संसदले बहुमतले पारित गरेको छ ।

न्यायालयमा विकृति भित्र्याएको आरोपमा राणाविरुद्ध १ फागुनमा संसद्मा महाभियोग दर्ता भएको थियो ।

सिफारिस समितिमा पठाउनुअघि आज प्रतिनिधिसभामा महाअभियोग प्रस्तावमाथि सांसदहरूले छलफल गरेका थिए ।

प्रधानन्यायाधीश राणाले न्यायालयमा विकृति भित्र्याएकाले उनलाई हटाउनुपर्ने आवश्यकता आएको आइलागेको अधिकांश सांसदले बताएका थिए ।

न्यायालयको शुद्धताका लागि चोलेन्द्रविरुद्ध महाभियोग ल्याइएको हो : सांसद संग्रौला