NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रायका अनुसार २ हजार ४० जनामा गरिएको आरटी पिसीआर परिक्षणमा ४५१ जना र १ हजार ७४९ जनामा गरिएको एन्टिजेन परिक्षणमा १०२ जनामा गरी सो संख्यामा कोरोना पुष्टि भएको हो ।

आज ४३३ जना भने कोरोना मुक्त भएका छन् । आज थपिएका सँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ६५९ पुगेको मन्त्रालयले जनाएको छ ।

No photo description available.