NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

दुवै घुँडाको शल्यक्रिया गराएका शोएबले भने– मेरा लागि प्रार्थना गरिदिनुहोस्

काठमाडौं । पाकिस्तानका पूर्व तेज गतिका बलर शोएब अख्तरले आफू निकै समस्यामा रहेको बताएका छन् ।

आफ्नो दुवै घुँडाको शल्यक्रियापछि आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक भिडियो शेयर गर्दै उनले आफ्नो समस्या सार्वजनिक गरेका हुन् ।

शोएब अहिले अस्ट्रेलियाको मेलबर्नमा छन् । उनले हालै दुवै घुँडाको शल्यक्रिया गरेका छन् ।

‘म पाँच, छ घण्टाको शल्यक्रिया गरेर बाहिर आएको छु । दुवै घुँडाको शल्यक्रिया भयो । म समस्यामा छु । मलाई तपाईंको प्रार्थना चाहिन्छ,’ उनले लेखेका छन् ।

उनले यो आफ्नो अन्तिम शल्यक्रिया हुने आशा पनि व्यक्त गरेका छन् ।

शोएब भन्छन्, ‘खेल जीवनबाट संन्यास लिएको ११ वर्षपछि पनि म निकै समस्यामा छु । अझै चार–पाँच वर्ष खेल्न सकिन्थ्यो तर मलाई थाहा थियो कि म ह्वील चेयरमा बस्छु, त्यसैले क्रिकेट छाडें।

यसैबीच, अख्तरले कमनवेल्थ गेम्समा स्वर्ण जितेकोमा अर्शद नदीमलाई बधाई दिएका छन् ।

उनले ट्विटमा लेखेका छन्, ‘तिमीमा गर्व छ, अल्लाहले अझै सफलता प्रदान गरुन्।’