NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

ब्राजिलका विश्वच्याम्पियन खेलाडीमाथि गोली प्रहार

काठमाडौं । ब्राजिलका मार्सल आर्टका विश्व च्याम्पियनसिप खेलाडी लियन्द्रो लोमाथि गोली प्रहार भएको छ । साओ पाउलोको नाइट क्लबमा उनीमाथि प्रहरीले गोली प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रारम्भिक जानकारी अनुसार, ड्युटी सकिएका एक प्रहरी अधिकारीले उनीमाथि गोली प्रहार गरेका हुन् । गोली प्रहारपछि अहिले ती प्रहरी अधिकारी  फरार छन् ।

आक्रमणपछि लोलाई अस्पतालमा भर्ना गरिएको थियो, जहाँ डाक्टरहरूले उनलाई ब्रेनडेड घोषणा गरेका छन् ।

लो जिउ जित्सु एथलिट च्याम्पियनसिपको अहिलेसम्मकै सबैभन्दा सफल खेलाडी हुन् । उनी आठ पटक विश्व च्याम्पियनसिपको विजेता बनेका थिए ।

प्रहरी रिपोर्टका अनुसार, ड्युटी सकिएका प्रहरी अधिकारीले सिसाको बोतल देखाएर मानिसहरूलाई आतंकित पारेपछि लियन्द्रोले त्यसो नगर्न आग्रह गरेका थिए । त्यहीक्रममा ती अधिकारीले बन्दुक निकालेर लुको निधारमा प्रहार गरेकाे बिबिसीले लेखेकाे छ ।