NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक छनोट

काठमाडौं । मदन पुरस्कारका लागि ८ पुस्तक छानिएका छन् । मदन पुरस्कार गुठीले २०७८ सालमा प्रकाशित पुस्तकमध्येबाट उत्कृष्ट ८ को सूची सार्वजनिक गरेको छ।

गुठीका अनुसार उक्त पुरस्कार लागि गुठीलाई २९९ वटा पुस्तक प्राप्त भएको थियो । प्राप्त पुस्तकबाट नवराज लम्सालको ‘अग्नि’, बसन्त बस्नेतको ‘महाभारा’, दामोदर पुडासैनीको ‘ग्रिष्मको नीलो बतास’, दीपा मेवाहाङ राई ‘यादको सन्दुक’, नयनाथ पौडेलको ‘लिच्छवी लिपी’, नीलमणि ढुंगानाको ‘संस्कृत–नेपाली शब्दकोश’, सुजित मैनालीको ‘सती’ र पद्यसुन्दर जोशीको ‘हिती प्रणाली’ छनोट भएको गुठीले जनाएको छ ।

उक्त छनोट ८ पुस्तकमध्ये एकलाई २०७८ सालको मदन पुरस्कार प्रदान गरिनेछ ।

ताजा अपडेट

नेपालवाच विशेष