NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

तलबमान तत्काल लागू नहुने

काठमाडाैं । अर्थमन्त्रालयले बजेटमा घेषणा गरेकोभन्दा बढी प्रस्ताव गरेको तलबमान तत्काल लागू नहुने भएको छ । मन्त्रालयले अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्‍मा पठाउने तयारी भइरहेका बेला अर्थमन्त्री जनार्दन शर्माले अहिले तत्काल लागू नगर्ने बताएका छन् ।

कर्मचारी ट्रेड युनियनका अधिकारीसँग शर्माले पे कमिसनबाट सुझाव लिएर मात्र आवश्यक कदम चालिने बताए । गत जेठ १५ मा सार्वजनिक गरेको चालु वर्षको बजेटबाट सरकारले सबै कर्मचारीको तलव १५ प्रतिशतले बढाएको थियो ।

बढाइएको तलबमापनअनुसार शाखा अधिकृतहरुले अब साउनबाट २४ प्रतिशत , उपसचिवहरूले २३.३ प्रतिशत, सहसचिवहरूले २३.३ प्रतिशत र सचिवहरूले १८.४ प्रतिशत बढी तलब पाउनेछन् । तर सरकारबाटै यसरी कर्मचारीभित्रै विभेदपूर्ण तरिकाले तलब मापन गरिएपनि असन्तुष्टि सुरु भएको छ ।