NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

बजेट छल्दै कर्मचारीको तलब बढाएपछि संगठनको विरोध

काठमाडौं । अर्थ मन्त्रालयले बजेट छलेर उपल्लो तहका कर्मचारीको तलब बजेट भाषणामा भन्दा साढे २४ प्रतिशतसम्म बढाएपछि कर्मचारी संगठनले विरोध जनाएको छ ।

निजामती कर्मचारी संगठनले सोमबार एक विज्ञप्ति जारी गर्दै यसबारे ध्यानाकर्षण गराएकोे हो । श्रेणीविहीन कर्मचारीहरूको पनि समान रूपले तलब वृद्धि गर्न विज्ञप्तिमार्फत माग गरिएको छ ।

उक्त विज्ञप्तिमा मन्त्रालयको यस्तो हर्कतले कर्मचारीहरूमा झनै अन्याेलता बढाएको जनाइएको छ ।

No description available.

कर्मचारीहरूको तलब बृद्धि गर्दा राजपत्र अनांकित र उनीहरूलगायत प्रदेश र स्थानीय तहका कर्मचारीबीचको तलबमानको अन्तर कम हुनुपर्ने हो । तर, यस्तो नदेखिएपछि विगतदेखि नै संगठनले माग उठाउँदै आएको संगठनले जनाएकोे छ । संगठनले यसको समाधान गर्न सुझाउँदै आएको थियो । बारम्बार यसका समाधानका लागि सुझाउँदै आउँदा पनि एउटै जिम्मेवार निकायबाट दुई फरक–फरक कागजात सार्वजनिक भएकोप्रति संगठनले गम्भीर ध्यानाकर्षण गरेको छ ।

बजेट वक्तव्यले समान प्रतिशतमा तलब वृद्धि गर्र्ने मान्यता स्वीकार भइसकेको अवस्थामा समान अनुपातमा राजपत्र अनंकित तथा श्रेणीविहीन कर्मचारीहरूको तलव वृद्धिको माग गरिएको छ ।

समान तलब वृद्धिको माग सम्बोधन नभए संगठन जुनसुकै प्रकारको आन्दोलन गर्न बाध्य हुने विज्ञप्तिमा चेतावनी दिइएको छ ।

चालु आर्थिक वर्ष २०७९-८० को बजेट सार्वजनिक गर्दा अर्थमन्त्री जनार्दन शर्माले सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको घोषणा गरेका थिए । तलब लागु हुने समयमा शाखा अधिकृतदेखि सचिवसम्मका कर्मचारीको तलब भने साढे २४ प्रतिशतसम्म बढाइएको छ ।

No description available.

तलबमान तत्काल लागू नहुने