NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

ओली चढेको हेलिकोप्टर आकस्मिक अवतरण

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चढेको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण भएको छ ।

पार्टीको कार्यक्रमका लागि रौतहट जाने क्रममा हावाहुरी आएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली चढेको सिम्रिक एयरको हेलिकोप्टर आकस्मिक अवतरण भएको बारा प्रहरीले जनाएको छ ।

आकस्मिक अवतरण भएपछि ओली करिब आधा घण्टा विमानस्थलमै रोकिएका थिए । अहिले उनी रौतहट प्रस्थान गरेका छन् ।