NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

गठबन्धनको सिट बाँडफाँट गर्ने कार्यदलले संयोजक तोक्यो

काठमाडौं । आसन्न निर्वाचनमा सत्ता गठबन्धनको सिट बाँडफाँट गर्ने कार्यदलले संयोजक तोकेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई संयोजक तोकेको हो ।

पहिलो बैठकमा सबैले आ–आफ्नो धारणा राखेको र ठोस कार्ययोजनासहित साउन २६ मा अर्को बैठक बस्ने कार्यदलका एक सदस्यसमेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

कार्यदलमा कांग्रेसबाट तीन तथा अन्य दलबाट दुई-दुई जना सदस्य रहेका छन् ।

बालुवाटारमा सिट बाँडफाँटबारे छलफल गर्दै गठबन्धन कार्यदलका सदस्य