NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

काठमाडौं । सोमबार नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक नियुक्त भएका मनोज प्रभाकर भारतीय नागरिक हुन् ।

उनी भारतीय राष्ट्रिय टोलीका पूर्वअलराउण्डर हुन् । उनले प्रशिक्षकको रुपमा भारतको दोस्रो ठूलो क्लब क्रिकेट प्रतियोगिता रणजी ट्रफी जितेका छन् । उनी रणजी ट्रफीमा दिल्ली, राजस्थान र युपी क्रिकेट यसोसिएसनको प्रशिक्षक रहिसकेका छन् ।

प्रभाकरले एक दशकभन्दा बढी समय भारतको राष्ट्रिय टोलीमा खेलेका थिए । उनले सन् १९८४ देखि १९९५ सम्म खेलेका हुन् ।

सो बीचमा प्रभाकरले भारतका लागि ३९ टेष्ट म्याच खेलेका छन् । यस्तै उनले १३० एकदिवसीय अन्तर्राष्ट्रिय खेल पनि खेलेका छन् ।

प्रभाकरले यसअघि अफगानिस्तान राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक रहेरसमेत काम गरिसकेका छन् ।

प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टोलीकाे प्रशिक्षक नियुक्त