NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

युएईको लिगका लागि सन्दीप मार्की खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई युएईमा आयोजना हुने इन्टरनेसनल लिग (टि–ट्वान्टी)का लागि मार्की खेलाडीको रुपमा अनुबन्ध गरिएको छ ।

युएईको फ्रेन्चाइज क्रिकेटका लागि लेग स्पिनर सन्दीप मार्की खेलाडीको रुपमा अनुबन्ध भएको युएईको क्रिकेट संघले जनाएको छ ।

प्रतियोगिता जनवरी ६ देखि फेब्रुअरी १२ तारिखसम्म दुबई, अबुधावी र शारजाहमा हुने संघले जनाएको छ ।

विभिन्न ६ टोलीको सहभागिता रहने प्रतियोगितामा सन्दीपसहित २० खेलाडीलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरिएको हो ।

प्रतियोगितामा कुल ३४ खेल हुनेछन् । यो पहिलोपटक हुन लागेको फ्रेन्चाइज लिग हो ।

सन्दीपले गरे नेपाली क्रिकेट समर्थकको प्रशंसा