‘सीमा रक्षक’ देवनारायण उपेन्द्र यादव र सिके राउतविरुद्ध चुनाव लड्दै
काठमाडौं । भारतले सीमा क्षेत्रमा अनधिकृत रूपमा निर्माण गरेका भौतिक संरचना र बाँध भत्काएर चर्चामा आएका देवनारायण यादव सप्तरी क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएका छन् ।
उनले आसन्न संसदीय निर्वाचनमा एमालेको तर्फबाट चुनाव लड्ने घोषणा गरेका हुन् ।
सप्तरी ३ जसपाका अध्यक्ष उपेन्द्र यादवले जितेको क्षेत्र हो । घोषणा गरिसकेको नभए पनि यो क्षेत्रमा फेरि उपेन्द्रले नै चुनाव लड्ने निश्चित छ ।
फेरि यही क्षेत्रमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत पनि चुनाव लड्दैछन् । यसर्थ, यहाँ त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।
देवनारायण तिलाठी कोइलाडी गाउँपालिका १ बासिन्दा हुन् । भारतले सीमा क्षेत्रमा अनधिकृत रूपमा बनाएका संरचना०७३ साउन १३ मा देवनारायणको नेतृत्वमा स्थानीयले भत्काएका थिए । त्यसपछि उनलाई ‘सीमा रक्षक’ को उपमा दिइँदै सम्मान गरिएको थियो ।
ताजा अपडेट
-
गृहमन्त्रीको एक्सनः कांग्रेस सांसद दीपक खड्काको रेष्टुरेन्ट र पार्टी प्यालेस सिल
-
सहसचिव तामाङ ५० हजार धरौटीमा छुटे
-
त्रिभुवन विमानस्थलको विमानमा एक किलो सुन भेटियो, तस्कर फरार !
-
सेटिङ मिलाएर घुस खाने प्रहरीलाई चार महिना कैद
-
छोटुलाल शर्माको इमान्दारीताः जसले बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए
प्रतिक्रिया