NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

सिन्धुपाल्चोकका तीन घरमा खोला पस्यो (फोटो फिचर)

काठमाडौं । सिन्धुपाल्चोकका बाढीका कारण तीनवटा घरमा क्षति पुगेको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९ र १० को सीमा सुकुटे बजार नजिकै घुमाउने भन्ने स्थानमा स्थानीय अधेरी खोला गाउँमा पसेर घरमा क्षति पुर्याएको हो ।

 

खोला पसेर स्थानीयका घर–टहरामा क्षति पुगेको छ । दुवै वडाका तीन–तीनवटा घरमा क्षति पुगेको हो ।

साथै, धानबालीमा समेत क्षति पुगेको स्थानीयले बताएका छन् ।

कुनै मानवीय क्षति भने नभएको बताइएको छ ।