NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

नक्कली प्रमाणपत्र बनाएको आरोपमा सव-इन्जिनियर यादवविरुद्ध मुद्दा दायर

काठमाडाैं । ओखलढुंगा जिल्लाअन्तर्गत खानेपानी तथा सरसफाई डिभिजन न.२ मा कार्यरत सव-इन्जिनियर रामबाबु यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप पत्र  दायर गरेको छ ।

अख्तियारले उनीविरूद्ध बुधबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायरा गरेको हो । अख्तियार अनुसार उनको योग्यताको प्रमाणपत्र नक्कली ठहरिएको कारण आरोप पत्र  दायर गरेको जनाएको छ ।

सव-इन्जिनियर यादवविरुद्ध नक्कली प्रमाणपत्र पेश गरी सरकारी सुविधा लिएको आधारमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा अख्तियारले अनुसन्धान गर्दा सो कागपत्र नक्कली प्रमाणित भएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

अख्तियारका अनुसार उनको धरानस्थित सुनसरी टेक्नोलोजी कलेजबाट उत्तीण भएको सिभिल इन्जिनियरिङको प्रमाणपत्र, लब्धांकपत्र, चारित्रिक प्रमाणपत्र र ट्रान्सक्रिप्ट्स नक्कली पाइएको छ ।

सव-इन्जिनियर यादवविरुद्ध भ्रष्टाचर निवारण ऐन बमोजिम कैद तथा जरिवाना हुन मागदावी लिई आरोप पत्र दायरा गरेको अख्तियारले जनाएको छ ।