NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

८६८ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर ८६८ जनामा कोरोना पुष्टि भएको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ८८५ पुगेको छ । मंगलबार १ हजार ९० जनामा कोरोना संक्रमित थपिएका थिए । त्यस्तै, गत २४ घण्टामा ४ सय १४ जना संक्रमित निको भएका छन् । अहिलेसम्म संक्रमणमुक्त हुनेको ९ लाख ७४ हजार १ सय १९ संख्या रहेको छ ।

अहिले कोरोना संक्रमणको दर बढ्दै गइरहेकाले मन्त्रालयले मास्क तथा भौतिक दुरी कायम गर्न आग्रह गरेको छ ।