NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

१५ घण्टामै तीन लाख बढीले हेरिसके विष्णु माझीको ‘जेलैमा हो जेलैमा’ भाग २ [भिडियोसहित]

काठमाडौं । चर्चित लोक गायिका विष्णु माझीको जेलैमा हो जेलैमा भाग २ को युट्युवमा आएको १५ घण्टामा तीन लाख  बढीले हेरेका छन् ।

अघिल्लो वर्षको तीजमा पुतलीको भट्टी भाग १७ अन्तर्गत जेलैमा हो जेलैमा ल्याएकी माझीको जादुयी स्वर रहेको भाग २ आएको हो । यसलाई पुतलीको भट्टी भाग १८ भनिएको छ ।

माझीकै श्रीमान् सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको गीतमा लय पहिलेकै छ । तर शब्द र छायांकन भने फरक छ ।

गीतमा मोडलिंग पनि पुरानै गीतकी ललिता पौडेलले गरेकी छिन् ।

गीत सपना म्युजिक इन्डस्ट्रिजले ल्याएको हो ।

यस्ताे छ नयाँ गीत 

ताजा अपडेट

नेपालवाच विशेष