NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

क्यानडामा मङ्कीपक्सका बिरामीको सङ्ख्या हजारभन्दा बढी

एजेन्सी । क्यानडामा मङ्कीपक्सका बिरामीहरूको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ । क्यानडाको सार्वजनिक स्वास्थ्यसम्बन्धी निकायले अहिलेसम्म एक हजार आठजना मङ्कीपक्सका विरामी भएका हुन् ।

तीमध्ये सबैभन्दा धेरै ओन्तारियोमा देखिएको छ । ओन्तारियोमा अहिलेसम्म ४९७ जनामा मङ्कीपक्स पुष्टि भएको छ । त्यसैगरी क्वेबेसमा ४२५ जना, ब्रिटिक कोलम्बियामा ८५ जना र अल्बेर्तामा १६ जना मङ्कीपक्सबाट विरामी भएका छन् ।

मङ्कीपक्सका बिरामी दैनिक रुपमा बढ्दै गएकाले प्रदेश अनुसारको सङ्ख्या पनि परिवर्तन हुने मन्त्रालयले जनाएको छ ।