NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

वडाध्यक्षहरूले मेयर शाहलाई फोहर उठाउन नसकेको आरोप लगाए, उपमेयर डंगोल मध्यमार्गी

काठमाडौं । काठमाडौंभित्र थुप्रिएको फोहरलाई लिएर काठमाडौं महानगरपालिकाको नगर कार्यपालिका बैठकमा चर्काचर्की परेको छ ।

फोहर व्यवस्थापन गर्न नसकेको भन्दै कांग्रेस र एमालेका वडाध्यक्षहरू मेयर बालेन शाहविरुद्ध खनिएका थिए । फोहर व्यवस्थापनको सबै जिम्मेवार मेयर शाहमाथि थोपर्न उनीहरूले खोजे ।

त्यसपछि मेयर शाहले फोहर व्यवस्थापनका विषयमा भएको प्रगतिबारे ब्रिफिङ गरेका थिए ।

‘तीन दिनअघिसम्म दैनिक २०० देखि ३०० टिपसम्म फोहोर गइरहेको छ । तर, अस्ति राति गाडी तोडफोड भएपछि फोहोर फाल्ने क्रम रोकिएको हो,’ उनले स्पष्ट पारे ।

उपमेयर सुनीता डंगोलले भने मध्यमार्गी विचार राखेर वातावरणलाई सहज बनाउने कोसिस गरेकी थिइन् ।

सर्वोच्चविरुद्ध के भनेका थिए बालेनले ?

केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि फोहरलाई असरल्ल पार्न सकिँदैन : मेयर शाह