NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

क्वाटी स्वास्थ्यका लागि कति फाइदाजनक ?

काठमाडौं । श्रावण शुक्ल पूर्णिमामाको दिन जनैपूर्णिमा मनाइन्छ । धार्मिक मान्यता अनुसार जनैपूर्णिमामा व्रतबन्ध गरेकाहरुले जनै फेर्ने र क्वाँटी खाने प्रचलन छ । क्वाँटी नौथरी गेडागुडीको मिश्रणबाट बनाइन्छ । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ लगायतका गेडागुडी मिसाएर बनाइएको पौष्टिक खानेकुरा हो क्वाँटी ।

स्वास्थ्यका लागि फाइदाजनक क्वाँटीमा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, मिनरल्स, फोलिक एसिड, आइरन तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ । यसले यसले मधुमेह तथा पायल्स भएका मानिसहरुलाई समेत फाइदा पुर्याउँछ । क्वाटी खानाले स्वस्थ्य साथै शरीरमासमेत उर्जा प्रदान गर्छ ।

त्यस्तै, यसले शरीरको थकाई कम गर्छ र तनावबाट मुक्त गराउँछ । टुसाएका गेडागुडीमा भिटामिन ए, बी,सी, इ तथा खनिज पदार्थ हुदाँ रक्तसंचार र स्नायू प्रणालीलाई पनि धेरै फाइदा पुर्याउनुका साथै पाचनशक्तिमा सुधार ल्याउँछ । क्वाटी खानाले स्मरणशक्ति वृद्धि गराउँछ ।