NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत ६ गते

ई–स्पोर्ट्सका सिताराहरू

इराशा खान इन उमेरले मात्रै १४ वर्षका भए । इन गेम नाम poongod freefire  रहेका उनी सानै उमेरका भए पनि ई–स्पोर्ट्सका पारखीका लागि चीरपरिचित नाम हो । हाल attack all around ई–स्पोर्ट्स कम्पनीमा आबद्ध उनले ३१ हजार डलरभन्दा बढी पुरस्कार आफ्नो जादुमयी खेल कौशलबाट आर्जन गरिसकेका छन् ।

०००


– Vatsal Garasia एमबिबिएसका विद्यार्थी हुन् । अध्ययनकै क्रममा रहेका उनको ई–स्पोर्ट्स खेलाडीको अर्को परिचय पनि छ । इन गेम नाम Vasiyo crj7 रहेका २३ वर्षीय उनले कैयन् भर्चुअल गेम पोल्टामा पारेर हजारौं डलर जितिसकेका छन् ।


०००

प्रविधिको व्यापक विकास र विस्तारसँगै ई–स्पोर्ट्सप्रतिको आकर्षण बढेको छ । यो एउटा नवोदित करिअर क्षेत्रका रूपमा जबरजस्त आफ्नो स्थान बनाउँदै गइरहेको छ ।अभिभावकसँग माग तेर्साएर करकर गर्ने बालबालिकादेखि विश्वविद्यालयमा अध्ययन गरिरहेका विद्यार्थी तथा विभिन्न पेशा व्यवसाय गरिरहेकासम्मको अनौठो संगम ई–स्पोर्ट्समा देख्न सकिन्छ ।

आजको यो श्रृंखलामा हामीले ई–स्पोर्ट्सबाट नाम, दाम र पहिचान हासिल गर्न सफल केही खेलाडीबारे जानकारी पस्किएका छौं :

१. Shroud

ई–स्पोर्ट्सको सबैभन्दा सफल खेलाडी हुन् Shroud ।  Shroud लाई नचिन्ने ई–स्पोर्ट्सका पारखी सायदै होलान् । उनको वास्तविक नाम Michael Grzesiek हो । उनी क्यानडाका हुन् । विभिन्न खेलहरू खेलेता पनि Shroud को मुख्य उपलब्धि भने counter strike: Global offensive हो । उनले यसबाट अनुमानित २ लाख १३ हजार ७१३ डलर पुरस्कार जितेका छन् । ESL ESEA PRO LEAGUE SEASON -1 iBUYPOWER Cup, ESL pro League season 4, Americas Minor championship उनले जित हासिल गरेका मूल टुर्नामेन्ट हुन् । ई–स्पोर्ट्सका हस्ती उनी केही समय यसबाट ओझेल परे पनि valorant गेमबाट पुनरागमन गर्ने भएका छन् ।

२. jonathan


PUBG खेलका सबैभन्दा प्रसिद्ध र सफल ई–स्पोर्ट्स खेलाडी हुन्, jonathan। Jonathan jude amaral को इन गेम नाम jonathan रहेको छ । १९ वर्षीय उनी भारतका हुन् ।   हाल godlike esports मा आवद्ध jonathan सबै pubg खेलाडीहरूको रोल मोडल हुन् । PUBG Mobile Club Open, PUBG mobile Indian Series 2020, Skyesports Championship 3.0, LOCO War of Gloryआदिका विजेता हुन् । उनले ई–स्पोर्ट्सबाट मात्रै हालसम्म अनुमानित ८० हजार ९९७ डलर कमाएका छन् । PUBG ले बालबालिका बिगार्यो भन्नेहरुलाई jonathan को सफलताले मुखमा बुजो लगाइदिएको छ।

३. Paraboy

Zhu Bocheng इन गेम नाम Paraboy हो । २० वर्षीय उनी चीनका हुन् । PUBG को चाइनिज भर्सन PEACE KEEPER का हस्ती हुन् Paraboy । उनी PEACE KEEPER कै सबैभन्दा धेरै कमाउने खेलाडी पनि हुन् ।आफ्नो ई–स्पोर्ट्स यात्रा X-QUEST F बाट सुरु गरेका Paraboy हाल Nova eSports आबद्ध छन् । उनले थुप्रै टुर्नामेन्टहरु जितेका छन् ।PeaceKeeper Elite Championship 2019, PeaceKeeper Elite League 2020 Season 2, PeaceKeeper Elite Championship 2020,PUBG Mobile Global Championship 2020, PeaceKeeper Elite League 2021 Season 3,PUBG Mobile Global Championship 2021 उनले जित दर्ता गराएका खेलमध्ये केही हुन् । उनको खेल कौशल यति सशक्त छ कि विरोधीहरू नाम सुन्नेबित्तिकै तर्सिने गर्छन् । विभिन्न ठूला टुर्नामेन्ट जितेका Paraboy ले अनुमानित १५ लाख ६ हजार १५९ डलर कमाइ गरिसकेका छन् ।

४. Order

Paraboy कै teammate Zeng Zehai  जसको इन गेम नाम Order  हो । २० वर्षीय चिनियाँ ई–स्पोर्ट्स खेलाडी उनी PeaceKeeper खेल्छन् ।GKD बाट आफ्नो ई–स्पोर्ट्स यात्रा थालेका Order ले आफ्नो कम्प्युटर इन्जिनयरिङको पढाइ छोडेर ई–स्पोर्ट्सलाई प्राथमिकता दिए । हाल Nova eSports मा रहेका Order ले पनि PeaceKeeper Elite Championship २०१९,PeaceKepper Elite League २०२०, PeaceKeeper Elite Championship २०२०,PUBG Mobile Global Championship २०२१ nufot लगायत थुप्रै टुर्नामेन्टहरु जितेका छन् । हालसम्म उनले अनुमानित १४ लाख ५३ हजार ३२६ डलर कमाएको अनुमान छ ।

ई–स्पोर्ट्सको दुनियाँ

. निमा

निमा तामाङको इन गेम नाम निमा हो । उनी भने हाम्रै देश नेपालका ई–स्पोर्ट्स खेलाडी हुन् । ई–स्पोर्ट्स खेलेर धेरै रकम आर्जन गर्ने उनको रेकर्ड नेपालका अन्य कुनै खेलाडीले तोड्न सकेका छैनन् । PUBG  का चीरपरिचित खेलाडी निमाले आफ्नो ई–स्पोर्ट्सको यात्रा Solti Squad बाट तय गरेका थिए । हालसम्म उनले Unity Esports र DRS Gaming का लागि खेलका छन् । अहिले उनी Skylight Gaming मा आबद्ध छन् । नेपाल जहाँ ई–स्पोर्ट्सलाई खेलको दर्तामा राखिँदैन, यस्तो प्रतिकूलताबीच निमाले PUBG mobile club Open, PUBG mobile Pro League ,PUBG Mobile Star Challenge जस्ता थुप्रै प्रतियोगीता जितेर अनुमानित ४९ हजार ६१२ डलर कमाइसकेका छन् । निमाले हासिल गरेको उपलब्धी लाखौं PUBG खेल्ने नेपाली खेलाडीको प्रेणाको पुञ्ज हो ।

६. Bugha

Kyle Geirsdorf  को इन गेम नाम बुघा छ । उनी अमेरिकाका प्रसिद्ध ई–स्पोर्ट्स खेलाडी हुन् । हाल उनी पेनसिलभेनियामा बसिरहेका छन् ।२०१८ मा No Clout टीमबाट आफ्नो ईस्पोर्टस करियरको सुरुवात गरेका kyle हाल भने sentinels ई–स्पोर्ट्समा आबद्ध छन् । Kyle spot light मा आएलगत्तै सन् २०१९ माFortnite World cup भएको थियो, जसमा उनी तीनपटक FNCS Champion बने । युट्यूबमा उनको धान्नै नसकिने भ्युज आउँछ । त्यहाँ उनलाई पछ्याउनेको संख्या ५ मिलियन छ । Kyle ले हालसम्म ई–स्पोर्ट्सबाट मात्रै ३४ लाख ३१ हजार ६६१ डhttps://www.nepalwatch.com/2022/08/06/71321लर आम्दानी गरिसकेका छन् । Kyle को बारेमाउनीबारे फोर्ब्सले समेत एक सामग्री छापेको छ ।

७. N0Tail

संसारकै सबै भन्दा धेरै पैसा कमाउने ईस्पोर्ट्स खेलाडी हुन् Johan Sundstein । उनको इन गेम नाम N0Tail  रहेको छ । डेनमार्कका johan Heroes of Newearth र  DOTA 2 का महान् खेलाडीको रूपमा चिनिन्छन् ।२०१२  Fnatic.EU बाट आफ्नो ईस्पोर्ट्स को यात्रा सुरु गरेका johan ले team Secret, cloud9 ,(monkey) Business का लागि खेलिसकेका छन् । हाल इन् नामक टिममा आबद्ध उनी DOTA 2 का सबैभन्दा सफल खेलाडी मानिन्छन् । उनले ४ वटाMajor र २ वटा international जितेका छन् । उनले खेलाडीका रूपमा मात्रै नभएर कोचको भूमिका पनि निर्वाह गरिसके । ई–स्पोर्ट्सबाट उनले गरेको कमाइ ७१ लाख ७६ हजार ३७१ डलर छ ।

८. Crimsix

Ian Porter जसको इन गेम नाम Crimsix छ । उनी अमेरिकाका प्रसिद्ध COD (CALL OF DUTY प्लेयर हुन् । हाल न्यूयोर्कमा बस्ने Ian cod का सबैभन्दा सफल खेलाडी हुन् । उनी विश्वभरि CODको सबैभन्दा धेरै पैसा कमाउने खेलाडीमा पर्छन् । Halo Ra COD दुइटै खेल खेल्ने Ian leआफ्नो ईस्पोर्ट्स करियरको सुरूवात Complexity Gaming बाट गरेका थिए । उनी ३ पटक CWL र CDL champion भइसकेका छन् । उनले ३९ पटक Winningest call of duty player को उपाधि समेत पाएका छन् । उनले हालसम्म १३ लाख ४९ हजार ८२८ डलर आर्जन गरेका छन्, ई–स्पोर्ट्स खेलेरै ।

९. Vasiyo crj7:

Vatsal Garasia जसको इन गेम नाम रहेको छ, Vasiyo crj7 । Vasiyo freefire का नामले समेत पुकारिने उनी भारतका हुन् । उमेरले भर्खर २३ वर्षका उनी एमबिबिएसका विद्यार्थी हुन् ।

अध्ययनको क्षेत्र फरक भए पनि ई–स्पोर्ट्समा उनको हाइट निकै उचो छ । विभिन्न टिमबाट उनले थुप्रै टुर्नामेन्टहरू जितिसकेका छन् । फ्रिफायर इन्डियन च्इाम्पियनसीप २०२० र फ्रि फायर इन्डियन च्याम्पियनसीपन २०२१ उनले आफ्नो पोल्टामा पारेका केही टुर्नामेन्टमध्ये खास हुन् ।

यी दुर्इ टुर्नामेन्टबाट मात्रै उनले ७८ हजार ९४९ डलर कमाएका थिए । हाल nigma galaxy ई–स्पोर्ट्स टिममा आबद्ध vasiyo ले हालसम्म अफिसियल टुर्नामेन्टहरूबाट मात्रै लगभग २३ हजार ६७९ डलर कमाएका छन् । योे लोकल टुर्नामेन्टबाहेकबाट आर्जन गरेको रकम हो ।

१०. POONGOD

Eirasha Khun-in ई–स्पोर्टस् दुनियाँमा चीरपरिचित नाम हो । उनको इन गेम नाम poongod freefire हो । उनी ई–स्पोर्टस्का उदाउँदो सितारा हुन् । मात्र १४ वर्षका उनी हाल attack all around ई–स्पोर्ट्स कम्पनीमा आबद्ध छन् । अक्सर १४ वर्षका बालबालिका घरमा अभिभावकसँग आफ्ना डिमान्ड अघि सारेर पूरा गरिदिन करकर गरिरहका हुन्छन् । त्यस्तोमा उनले लगभग ३१ हजार ४३६ डलर ई–स्पोर्ट्स खेलेर कमाइसकेका छन् । योबीचमा थुप्रै टुर्नामेन्ट जिते पनि उनको मुख्य उपलब्धि भनेको Freefire continental series 2020 र freefire all-stars 2021 हुन् । जहाँ उनले आफ्नो सानदार खेलको प्रदर्शन गरेर जीत हासिल गरेका थिए । उनी ई–स्पोर्ट्सका एक सफल  खेलाडी मात्र होइनन्, ई–स्पोर्ट्समा भविष्य बनाउने सोच बनाइरहेकाहरूका प्रेरणाका स्रोत पनि हुन् ।

यसबाहेक अन्य ई–स्पोर्ट्स खेलाडी पनि छन्, जसले भर्चुअल माध्यमबाट नै रनाम्रो नाम र दाम कमाइरहेका छन् ।

ई–स्पोर्ट्स समय गुजार्ननका लागि मात्र नभएर एउटा नवोदित करियर अप्सन पनि हो भन्ने कुरा संसारभरिका खेलाडीहरुले बारम्बार सिद्ध गरिरहेका छन् । त्यसैले नेपालमा पनि यसको उचित व्यवस्थापन गर्नमा हामी सबैले जोड दिन जरुरी देखिन्छ । विभिन्न टेक जाइन्ट्सले स्पोन्सर गरेर ई–स्पोर्ट्स टुर्नामेन्टहरू सञ्चालन गरे बालबालिकाले आफूमा लुकेको प्रतिभा प्रस्फुटन गर्ने अवसर पाउनेछन् ।