NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लज्जास्पद पराजय भोगेको छ । लिगमा गएराति युनाइटेडले ब्रेन्टफोर्डसँग ४–० गोलको नमिठो पराजय बेहोरेको हो ।

फेरि पनि लिगमा खराब सुरुवात गरेको युनाइटेडले पहिलो हाफमै चार गोल खाएको हो । खेलको १०, १८, ३० र ३५ मिनेटमा ब्रेन्टफोर्डले गोल गर्दा युनाइटेडलाई खेलमा फर्किने मौका नै नमिलेको हो । दोस्रो हाफमा दुवैतर्फबाट गोल नभएपछि ब्रेन्टफोर्डले दोस्रो खेलमा सानदार जित हात पार्यो । ६७ प्रतिशत बल पोेसेसन राखेर खेल्दा पनि युनाइटेडले एक गोल पनि गर्न नसकेको हो ।

युनाइटेड भने लिगको लगातारको दोस्रो खेलमा पनि पराजित भएको हो । लिगको पहिलो खेलमा पनि युनाइटेड ब्राइटनसँग २–१ गोलले पराजित भएको थियो ।

अन्य नतिजा यस्ता छन्

लिगकै अन्य खेलमा म्यानचेस्टर सिटीले बोर्नमाउथलाई ४–० गोलले पराजित गर्यो । आर्सनलले लेस्टर सिटीलाई ४–२ गोल पराजित गर्यो । उल्ब्स र फुलहाम, ब्राइटन र न्यूकासलले गोलरहित बराबरी खेले । साउथ ह्याम्टन र लिड्स युनाइटेडले २–२ गोलको बराबरी खेले ।
एस्टन भिल्लाले इभर्टनलाई २–१ गोलले हरायो ।