NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

राजनीतिक व्यवस्था परिवर्तन गर्यौं, अब जनताको जीवनस्तर परिवर्तन गरौं : सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले गरेका राम्रा कामको प्रचार गर्नुपर्ने बताएका छन् । सबै खालको राजनीतिक परिवर्तनको नेतृत्व गरे पनि कांग्रेसले राम्रा कामको प्रचारसमेत गर्न नसकेको बताएका हुन् ।

‘कांग्रेसले यतिधेरै परिवर्तनको लागि नेतृत्व गरेको छ । तर यस्ता कामबारे जनतालाई सुसुचित गराउन सकेको छैन’ सिंहले भने, ‘अब पार्टीले गरेका राम्रा कामको प्रचार गर्नुपर्छ । जनतालाई हामीले यत्ति काम गर्यौं । अब यी काममा लाग्छौं भन्नुपर्छ ।

कांग्रेस काठमाडौ क्षेत्र नं १ को प्रशिक्षण कार्यक्रममा उनले अब जनताको जीवनलाई सहज बनाउने गरी आर्थिक विकासमा लाग्नुपर्ने बताए ।

‘देशमा राजनीतिक राजनीति परिवर्तन आईसकेको छ अब जनताले अनुभूत हुने गरी आम नागरिको जीवन सहज हुनेगरी आर्थिक सम्पन्नतातर्फ ध्यान केन्द्रित गर्नुपर्छ’ उनले भने, ‘कांग्रेसले बोलेरभन्दा पनि काम गरेर देखाउनु पर्ने बेला आएको छ ।’

जनताको जनादेशको अवमूल्यन गर्नेले अहिले परमादेशको कुरा गर्नु गलत भएकोसमेत उनले बताए । कांग्रेस अरु पार्टी जस्तो जिम्मेवारीबाट भाग्न नमिल्ने भएकाले परिस्थितिलाई समाल्दै अगाडि बढेको बताए ।

कांग्रेसले अब आर्थिक सम्पन्नताको अभियानका कार्यक्रमसहितको एजेन्डा लिएर जनतामा जाने उनले प्रष्ट्याए ।