NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

बहराइनको क्लबमा अनुबन्धित ‘नेपाली मेसी’का उतारचढाब यस्ता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका विङ्गर तथा मिडफिल्डर मनीष डाँगी बहराइनको एउटा क्लबमा अनुबन्ध भएका छन् । उनी हालै त्यहाँको इतिहाद अल रेफ क्लबमा अनुबन्धित भएका हुन् ।

इतिहाद बहराइनको दोस्रो डिभिजनकाने क्लब हो । त्यसले मनीषलाई २०२२–२३ को सिजनका लागि अनुबन्ध गरेको हो ।

मिडफिल्डर मनिष डाँगी बहराइनको क्लबमा आवद्ध – Online Khabar

२० वर्षीय मनीष कम उमेरमै चर्चा बटुलेका खेलाडी हुन् । छोटो सानो उमेरमै उले सुखद–दुःखद दुवै क्षण भोगेका छन् । विश्वकप छनोटको तयारी स्वरुपमा इराकमा भएको मैत्रीपूर्ण खेलबाट मनीषले राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए । उनले डेब्यू खेलमै बलियो टोली इराकविरुद्ध गोल गरेर थप चर्चा पाए ।

मनीषको सो गोललाई अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले गर्ने गोलसँग पनि तुलना गरियो । त्यसै गोलका कारण उनलाई कतिपयले ‘नेपाली मेसी’को उपमासमेत दिएका छन् । किनकि, उनको ड्रिब्लिङ गर्ने शैलीलाई लिएर यस्तो भनिएको हो ।

मनीषले दक्षिण कोरियाको फुटबल एकेडेमीमा फुटबल कला सिक्ने मौका पाए । यसैले भरपुर उपभोग उनले पछिल्लो समय गरिरहेका छन् । विश्वकप छनोटअन्तर्गत उनले चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलियाविरुद्ध खेलेका थिए ।

मनिष डाँगी बहराइनको क्लबमा अनुबन्ध - corporatekhabar : Nepals first corporate news magazine and portal

मनीष वर्तमान सहिद स्मारक ‘ए’ डिभिजन विजेता खेलाडीसमेत हुन् । उनले मच्छिन्द्र क्लबबाट लिग जितेका हुन् ।

साथै, मनीषले सिनियर राष्ट्रिय टोलीका लागि १४ खेलबाट २ गोल गरेका छन् । उनले युवा राष्ट्रिय टोलीबाट समेत खेलेका छन् । यु–१९ मा ५ खेल खेलेका १ गोल गरेका छन् भने यु–२३ का ४ खेल खेलेका छन् ।

गत वर्ष भारतमा भएको साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बन्यो । नेपालले साफ च्याम्पियनसिपमा प्राप्त गरेको यो नै सबैभन्दा ठूलो उपलब्धि हो । मनीष पनि त्यसको हिस्सा बनेका थिए । उनी हिस्सामात्र नबनेन् माल्दिभ्सविरुद्ध निर्णायक गोल गर्दै नेपाललाई फाइनलसम्म पुर्याउन योगदान दिए ।

माथि उल्लेखित विषय मनीषले भोगेका सुखद क्षण हुन् । तर, उनको फुटबल करिअरमा कठिन दिन पनि आयो । ‘ए’ डिभिजन लिगको खेलमा मच्छिन्द्रबाट च्यासल युथ क्लबविरुद्ध खेलिरहेका उनी मैदानमा ढल्न पुगे ।

खेलको ६५औं मिनेटमा बल खोस्न विपक्षी खेलाडीसंग जुध्ने क्रममा उनी मैदानमै ढलेका थिए ।

च्यासलका यान्निक केट्चाले बल प्रहार गर्न लाग्दा मनीषको टाउकोको पछाडि भागमा लागेको थियो । त्यसपछि मैदानमा ढलेका मनीषको मैदानमै समान्य उपचारपछि अस्पताल लगिएको थियाे ।

तत्कालै उनलाई एम्बुलेन्समा राखेर त्रिपुरेश्वरस्थित दशरथ रंगशाला नजिकैको ब्लुक्रस अस्पताल लगिएको हाे ।

त्यो बेला धेरैले मनीषको फुटबल करिअरलाई लिएर चिन्ता व्यक्त गरेका थिए । उपचारपछि उनी पुनः केही महिनापछि नै मैदानमा फर्किए ।

विश्वविजेता फ्रान्सका स्ट्राइकर बेन्जेमाले आफ्नै देशलाई प्रमुख दाबेदार मानेनन्, छाने अर्कै देश