NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

नागरिकता विधेयक राष्ट्रपतिद्वारा फिर्ता (विज्ञप्तिसहित)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छिन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले नागरिकता विधेयक संसद्मा फिर्ता पठाएको जानकारी दिएका छन् ।

उक्त विधेयकमा संघीय संसद्ले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरूका सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको थियो ।

दुवै संसद्ले पारित गरेपछि १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको १४ औं दिनमा राष्ट्रपतिले उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी हुन् ।

हेरौं विज्ञप्ति :