NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

नेतृत्वमा पुग्न सफल महिलाको छवि बनाएकी समीक्षा को हुन् ?

काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा आइतबार चयन भएकी समीक्षा बाँस्कोटा सत्तारुढ नेपाली कांग्रेसका नेताकी छोरी हुन् ।

समीक्षाका बुवा दीपकप्रकाश बाँस्कोटा ०५२–५३ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा गृह राज्यमन्त्री बनेका थिए । उनले सोबेला पाँचथर क्षेत्र नम्बर १ बाट सांसदमा पनि जितेका थिए ।

उनै कांग्रेस नेता दीपकप्रकाशकी छोरी समीक्षा भने अहिले बाबुको पार्टी नरोजी वैकल्पिक राजनीतितिर लाग्दै पार्टी अध्यक्षसम्म बन्न सफल भएकी छिन् ।

अध्यक्ष रवीन्द्र मिश्रले गत जेठमा दिएको राजीनामा स्वीकृत गर्दै पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले समीक्षालाई नयाँ अध्यक्ष चयन गरको हो ।

तत्कालीन पूर्वअध्यक्ष मिश्रनिकट मानिने समीक्षा उनकै सहयोगमा विवेकशील साझाको अध्यक्ष बन्न सफल भएको बताइएको छ ।

जे भएता पनि समीक्षा नेतृत्वमा पुग्ने सम्भवतः पहिलो महिला बन्न सफल भएकी छिन् । यसअघि साहाना प्रधान ०५६ सालमा तत्कालीन मालेको अध्यक्ष भएकी थिइन् ।

तर, शक्ति महासचिवलाई दिइएको थियो अध्यक्षलाई थिएन । प्रधान मानार्थ अध्यक्ष थिइन् ।

समीक्षा गत प्रदेशसभा निर्वाचनमा पनि काठमाडौं क्षेत्र नं १ ‘क’ बाट उम्मेदवार बनेकी थिइन् । उक्त निर्वाचनमा सम्मानजनक मत ल्याउँदै उनी तेस्रो बनेकी थिइन् ।

विवेकशील साझामा लागेयता समीक्षा निरन्तर सक्रिय छिन् । उनले पार्टीको बागमती प्रदेश पूर्वसंयोजक तथा केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य भएर काम गरिसकेकी छिन् ।

यसअघि उनी काठमाडौं महानगरपालिकाको मेयरमा पार्टीको तर्फबाट उठेकी थिइन् । तर, उनले ६४७ मतमात्र ल्याइन् । यो सोचेभन्दा निकै कम हो ।

यस्तै, समीक्षा गत प्रदेशसभा निर्वाचनमा पनि काठमाडौं क्षेत्र नं १ ‘क’ बाट उम्मेदवार बनेकी थिइन् । उक्त निर्वाचनमा भने सम्मानजनक मत ल्याउँदै उनी तेस्रो बनेकी थिइन् ।

३८ वर्षीय समीक्षाले काठमाडौं स्कुल अफ लबाट कानुनमा स्नातक (एलएलबी) गरेकी छिन् । यसैगरी उनले अमेरिकाबाट कानुनमै स्नातकोत्तर (एलएलएम)समेत गरेकी छिन् ।

राजनीति नै गरेपछि नयाँ विकल्प दिनुपर्छ भन्ने सोचका साथ समीक्षाले बुवा आबद्ध पार्टी कांग्रेस नरोजेर वैकल्पिक शक्ति विवेकशील साझा रोजेको बताउने गरेकी छिन् ।

समीक्षाका बुवा दीपकप्रकाश अहिले कांग्रेसको सक्रिय राजनीतिमा त्यति देखिएका छैनन् । उनी पछिल्लो समय सहकारी आन्दोलनका अभियन्ताको रुपमा बढी चिनिन्छन् ।

अब विवेकशील साझा महिलाले हाँक्ने, अध्यक्षमा बाँस्कोटा चयन

विवेकशील साझाको अध्यक्षमा बाँस्कोटाको नाम प्रस्ताव, पाण्डेको असहमति

ताजा अपडेट

नेपालवाच विशेष