NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते
विश्वकप बहस

ग्वार्डिओलाले छाने विश्वकप जित्ने ३ दाबेदार, यी ५ ठूला टोलीको नामै लिएनन्

काठमाडौं । कतारमा विश्वकप फुटबलको महाकुम्भ सुरु हुन तीन महिनाभन्दा केही दिन बढी समय बाँकी रहँदा दाबेदार टोलीबारे विभिन्न भविश्यवाणी भइरहेका छन् । यसैबीच, इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्पेनिस प्रशिक्षक पेप ग्वार्डिओलाले पनि विश्वकपका प्रमुख दाबेदार तीन देश छानेका छन् ।

जसमा उनले आफ्नै देश स्पेन, लियोनल मेसी नेतृत्वको अर्जेन्टिना र बेल्जियमलाई छानेका छन् ।

स्काई स्पोर्ट्ससँग कुरा गर्दै ग्वार्डिओलाले स्पेनमा फेरि सुनौलो पुस्ता सुरु भएको बताउँदै सो टोलीलाई प्रमुख दाबेदार मानेका छन् । पेड्री, गाभी र फरान टोरेसजस्ता खेलाडीको टोली स्पेनले जुनसकै देशलाई हराएर विश्वकप जित्नसक्ने उनले बताएका छन् ।

यस्तै बार्सिलोनामा पूर्वप्रशिक्षकसमेत रहेका ग्वार्डिओलाले मेसी सम्मिलित टोली अर्जेन्टिना पनि प्रमुख दाबेदार भएको बताएका छन् । मेसीले विश्वकप जिते आफू खुसी हुने उनको भनाइ छ ।

‘मेसीकै कारण अर्जेन्टिना विश्वकै उत्कृष्ट टोली हो । टिममा विश्वकै उत्कृष्ट खेलाडी हुनु भाग्यको कुरा हो,’ उनले भने ।

आफ्नो देश स्पेनले विश्वकप जितोस् भन्ने चाहेको बताउँदै उनले दोस्रो रोजाइ अर्जेन्टिना भएको बताए ।

यसैगरी, ग्वार्डिओलाले बेल्जियमलाई तेस्रो दाबेदार मानेका छन् । बेल्जियम प्याकेज टिम भएकाले उसले पनि विश्वकप जित्ने सम्भावना रहेको उनले बताए ।

ग्वार्डिओलाले क्रिस्टियानो रोनाल्डोको टोली पोर्चुगल, चार पटकको विजेता जर्मनी, साविकसँगै दुई पटकको विजेता फ्रान्स, सर्वाधिक पाँच पटकको विजेता ब्राजिल, १९६६ को विजेता इंग्ल्याण्डजस्ता दाबेदार भनिएका हेभीवेट टोलीको भने नामसमेत लिएनन् ।

बरु उनले दुई–तीनवटा बलिया टोली अन्तिम १६ भन्दा अघि बढ्न नसक्ने ठोकुवा गरे ।

विश्वविजेता फ्रान्सका स्ट्राइकर बेन्जेमाले आफ्नै देशलाई प्रमुख दाबेदार मानेनन्, छाने अर्कै देश

किन पटक–पटक रद्द भइरहेछ ब्राजिल र अर्जेन्टिनाबीचको खेल ?