NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

‘कुमारी जबमार्फत मैले अपेक्षाअनुरुपको सेवा र खोजेको जस्तै जागिर पाएँ’

काठमाडाैं । आजसम्म पनि नेपालमा राम्रो काम पाइँदैन र यदि पाए पनि परिश्रम र योग्यताअनुसारको पारिश्रमिक पाइँदैन भन्ने मानसिकता बोकेको जमात ठुलै छ । तर, नेपालमै पनि यस्ता थुप्रै मानिसहरु छन् जसले आफ्नो क्षमता र सीप अनुसारको अवसर पाएका छन् र उक्त अवसर तथा त्यसले प्रदान गर्ने सेवा–सुविधामा सन्तुष्ट पनि छन् ।

धेरै जनालाई विगत ८ वर्षदेखि कुमारी जबले सहज रुपमा निःशुल्क जागिर खोजिदिँदै आएको छ । यसै सन्दर्भमा नेपाल ओभरसिज मार्केटिङ कम्पनीमा चिफ फाइनान्स कन्ट्रोलरको रुपमा कार्यरत कुन्दन कुमार ठाकुरसँग गरिएको कुराकानीको संक्षिप्त अंश :

तपाईले यहाँ काम गर्न थाल्नुभएको कति भयो ?

म विगत ५ वर्षदेखि यहाँ काम गर्दै आएको छु ।

तपाईले जागिर खोज्ने क्रममा के–के गर्नुभयाे, त्यसबारे पनि केहि बताईदिनुहोस् न ?

यो भन्दा अगाडि धेरै जसो काम मैले रिफरलमार्फत पाएको थिएँ तर हालको पदमा चाहिँ मैले कुमारी जबको लिंक्ड–इन प्रोफाइलमार्फत आवेदन गरेको हुँँ ।

कामको सन्दर्भमा कुमारी जबले तपाईलाई कस्तो सहयोग अथवा गाइडेन्स दिएको थियो ?

कुमारी जबले मध्यस्तकर्ताको रुपमा मलाई र मेरो रोजगारदातालाई हामी एक–अर्काको लागि उपयुक्त छौँ भन्ने कुरामा विश्वस्त गराएको थियाे जसले मलाई आत्मविश्वास प्रदान गरेको थियो ।

कुमारी जबबाट तपाईंको अपेक्षा के थियो र अपेक्षा अनुरुपको सहयोग पाउनुभयो कि भएन?

रोजगारीको अवसर खोजिरहेको एउटा योग्य उम्मेदवार्को हैसियतमा मैले मेरो शैक्षिक योग्यता र अनुभवसँग मिल्ने किसिमको अवसर खोजिरहेको थिएँ । त्यस्तो अवसर जहाँँ मैले मेरो ज्ञान र सीपको सदुपयोग गर्न पाउनुको साथै अझै धेरै अनुभवहरु बटुल्न सक्छु । कुमारी जबमार्फत मैले मेरो अपेक्षा अनुरुपको सेवा र खोजेको जस्तै जागिर पाएँ ।

कुमारी जबमार्फत पाएको रोजगारीले तपाईंको जीवनमा के-कस्तो परिवर्तन ल्याएको छ ?

कुमारी जबमार्फत पाएको यो काम मैले अहिलेसम्म पाएको सबैभन्दा राम्रो काम हो जहाँ मैले मेरो सीपहरू व्यावसायिक रुपमा प्रयोग गर्न र व्यवहारिक तरिकाले व्यवसाय कसरी गर्ने भन्ने कुराहरु सिक्ने अवसर पाएँ ।

अहिलेको काममा तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
अहिलेको यो काममा म एकदमै सन्तुष्ट छु, त्यसैले त विगत पाँच वर्षदेखि एउटै संस्थामा काम गरिरहेको छु ।

यो अवसर प्रदान गरेकोमा कुमारी जबलाई केहि भन्न चाहनुहुन्छ ?

यस्तो सुनौलो अवसर प्रदान गरेकोमा म कुमारी जब प्रति धेरै आभारी छु र भविष्यमा पनि यस्तै साथ–सहयोग र मार्गदर्शनको अपेक्षा गर्दछु ।