NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

ट्राफिक प्रहरीको विशेष चेकिङ : ११८ जना कलेजका विधार्थी कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकलाई लक्षित गरेर विभिन्न अभियान सञ्चालन गर्दै आइरहेको छ । जसमध्ये आज बिहान कलेजका विधार्थीलक्षित ट्राफिक चेकजाँच अभियान सम्पन्न भएको छ ।

चेकजाँचमा सवारी चालक अनुमती पत्र नभएका ६१ जना , सवारी दर्ता किताव नभएका ३९ जना र तीन जना सवार ७ जना विधार्थीहरू कारबाहीमा परेका छन् । त्यस्तै हेल्मेट नलगाई सवारी साधन चलाउने १ जना र अन्य ट्राफिक नियम उल्लघंन गर्ने १० जना गरी १ सय १८ जना विधार्थीहरू कारबाहीमा परेका हुन् ।

कारबाहीमा पर्ने विधार्थीहरूमा सबै दुई पांग्रे सवारी साधनका चालक रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको गत वर्षको तथ्यांक हेर्ने हो भने काठमाडौं उपत्यका भित्र १० हजार ७ सय ३३ वटा सवारी साधन दुर्घटना भएका छन् ।

जसमध्ये ८ हजार ३ सय ६४ वटा दुई पांग्रे सवारी साधन रहेका छन । सवारी दुर्घटनामा परि १ सय ९१ जनाको मृत्यु हुँदा २ पाँग्रे सवारी दुर्घटनामा मात्रै १ सय १७ जनाको मृत्यु भएको छ । जसमध्ये ५८ जना पैदल यात्रीको समेत सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश दुई पांग्रे सवारी साधन प्रयोगकर्ता रहेका छन् ।

उमेर समुहका आधारमा हेर्ने हो भने १७ वर्ष देखि ३५ वर्ष सम्मका दुईपाङ्ग्रे सवारी साधन प्रयोगकर्ता रहेका छन । यसरी सबै भन्दा धेरै दुर्घटनामा पर्नेमा दुईपांग्रे सवारी साधन देखिएकोले दुर्घटना न्युनिकरण गर्नको लागि ट्राफिक प्रहरीले विशेष अभियाननै चलाएर नियम उल्लघंन गर्नेलाई कारबाही गर्न सुरू गरेको छ ।