NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले पठाएको पत्रमा के–कस्ता प्रश्न उठाइएको छ ? (पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संघीय संसद्ले पुनर्विचार गर्न आवश्यक भएको भन्दै आइतबार फिर्ता पठाएकी छिन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरूका सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको थियो । राष्ट्रपति भण्डारीले त्यसैलाई फिर्ता पठाएकी हुन् ।

संसद्ले पारित गरेको नागरिकतासम्बन्धी विधेयक फिर्ता गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले आमाको नामबाट नागरिकता लिन बाबु नभएको स्वघोषणा गर्नुपर्ने विषयमा प्रश्न उठाएकी छिन् । यस्तो व्यवस्थाले संविधानका मौलिक हक र महिलाको हकसँग तादात्म्य राख्न नसकेको भन्दै राष्ट्रपतिले सच्याउन आग्रह गरेकी हुन् ।

‘स्वघोषणाको प्रावधानले बालबालिकाको मौलिक हकसम्बन्धी संविधानको धारा ३९ र महिलाको प्रजनन एवं मातृत्व अधिकार सुनिश्चित गर्ने धारा ३८ सँग तादात्म्य राख्न नसकेकाले सच्याउन आग्रह गरिएको छ,’ विधेयक फिर्ता गर्दा राष्ट्रपतिले संसद् सचिवालयलाई पठाएको पत्रमा उल्लेख छ ।

महिलाको प्रजननसम्बन्धी गोपनीयतालाई सन्तान र राज्यसामु अभिलेखीकरण गरिएको अवस्थामा महिलाको आत्मसम्मान र निजी जीवनको गोपनीयतासमेत नरहने र यसबाट आमाले अझै अपमानित हुनुपर्ने अवस्था देखिएको भन्दै सच्याएर मात्र ऐन बनाउनुपर्ने राष्ट्रपतिको सुझाव छ ।

राष्ट्रपति भण्डारीले पठाएको पत्र सोमबार संसद् सचिवालयमा पुगेको छ । उक्त पत्रमा राष्ट्रपतिले विभिन्न १५ बुँदा उल्लेख गरेकी छिन् ।

नागरिकता विधेयक राष्ट्रपतिद्वारा फिर्ता (विज्ञप्तिसहित)

यस्तो छ पत्रको पूर्णपाठ :