NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

माओवादी केन्द्र र नेसपाले एउटै चिन्हबाट चुनाव लड्ने जानकारी निर्वाचन आयोगलाई गराए

काठमाडौं । माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले एउटै निर्वाचन चिन्हबाट चुनावमा भाग लिनेबारे जानकारी दिन मंगलबार निर्वाचन आयोग गएका छन् ।

आइतबार प्रचण्ड र बाबुरामबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एउटै चुनाव चिन्हमा चुनाव लड्ने सहमति भएपछि मंगलबार उनीहरूले निर्वाचन आयोग पुगेर यसको जानकारी दिएका छन् ।

उनीहरूले चुनावमा भाग लिन दल दर्तासमेत गराएको निर्वाचन आयोगले जनाएको छ ।

उनीहरू दुवै गोलाकारभित्रको हसिँया हतौडाबाट चुनाव लड्दै छन् ।

अनि बाबुराम ७ वर्षपछि माओवादीको चिन्हबाट चुनाव लड्न तयार भए