NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरायो

काठमाडौं । आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा भाग लिनका लागि सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले निर्वाचन आयोगमा दर्ता गराएको छ ।

पार्टीका केही नेता–कार्यकर्ता मंगलबार आयोग गएर दल दर्ता गराएका हुन् ।

यसअघि माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) पनि एउटै निर्वाचन चिन्हबाट चुनावमा भाग लिनेबारे जानकारी दिन मंगलबार निर्वाचन आयोग गएका छन् ।

उनीहरूले पनि दल दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

दुवै दल गोलाकारभित्रको हसिँया–हतौडाबाट चुनाव लड्दैछन् ।

माओवादी केन्द्र र नेसपाले एउटै चिन्हबाट चुनाव लड्ने जानकारी निर्वाचन आयोगलाई गराए