NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

बञ्जरेडाँडामा तनाब, प्रहरीद्वारा अश्रुग्याससँगै हवाइफायर

काठमाडौं । काठमाडौं उपत्यकाबाट फोहर लिएर गएका गाडीलाई राजनीतिक दलका स्थानीय नेता–कार्यकर्ताले अवरोध पुर्याएपछि बञ्चरेडाँडामा तनाब उत्पन्न भएको छ ।

फोहर व्यवस्थापनमा अवरोध खडा गरेपछि प्रहरीले केही सेल अश्रुग्यास र पाँच राउण्ड हवाइफायर गरेको छ । फोहरको गाडी लिएर अगाडी बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस र हवाइफायर गरेको स्थानीयले बताएका छन् ।

अवरोध गरेपछि काठमाडौंबाट फोहर बोकेर गएका गाडी नुवाकोटको आलेटार र सिसडोलमै अड्किएका थिए । त्यसपछि प्रहरीले बल प्रयोग गरेको हो ।

आज पनि फोहरमा अवरोध, बञ्चरेडाँडा हिँडेका गाडी आलेटारमै रोकिए