NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

हर्क साम्पाङले राखेको प्रस्तावमा प्रचण्डले भने ‘हुन्छ’

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई श्रमदान गर्न निम्तो दिएका छन् ।

मंगलबार प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा आफूलाई धरानस्थित सर्दू खोलामा श्रमदान गर्न निम्तो दिएको मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

जवाफमा प्रचण्डले ‘हुन्छ’ भनेको साम्पाङको भनाइ छ ।

‘आज प्रचण्डसँग भेट भयो मैले उहाँलाई सर्दू खोलामा श्रमदान गर्न आउने निम्तो दिएँ ! उहाँले “हुन्छ“ भन्नु भयो ! हेरौँ कहिले आउनु हुन्छ !,’ उनले फेसबुकमा लेखेका छन् ।

प्रचण्डलाई भेट्न धरानका उपमेयरसमेत रहेका माओवादी केन्द्रका नेता अइन्द्रविक्रम बेघा पनि मेयर साम्पाङसँगै खुमलटार गएका थिए ।

मेयर साम्पाङले भेटे प्रचण्ड