NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

रुसमा ६० घर जलेर ध्वस्त

काठमाडौं (एजेन्सी) । रुसमा कम्तीमा ६० घर जलेर नष्ट भएका छन् । जङ्गलमा आगलागी हुँदा ती घरहरूमा पनि आगलागी भएर जलेको अधिकारीहरूले जानकारी दिएका छन् ।

देशको दक्षिण क्षेत्रमा पर्ने रोस्तोभ भन्ने ठाउँमा मङ्गलबार आगलागी भएर क्षति भएको जनाइएको छ ।

मान्छे बस्दै आएको घरहरू जले पनि कुनै मानवीय क्षति भएको विवरण भने अहिलेसम्म नआएको अधिकारीहरूको भनाइ छ ।

देशको उस्त डोनेत्स्क जङ्गलमा गत सोमबारदेखि आगलागी भएको थियो । घटनास्थल रोस्तोभ क्षेत्रको उत्तरपूर्वी क्षेत्रमा पर्दछ ।

आगलागी तीन गाउँ प्रभावित भएको आपतकालीन व्यवस्था मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् ।

आगलागीका कारण कैयौँ व्यक्ति विस्थापित पनि भएका छन् । उनीहरूलाई राहत तथा सहयोगको आवश्यकता रहेको बताइएको छ । अत्यावश्यक सेवा तथा सामग्री उनीहरूलाई उपलब्ध गराउने कार्य भइरहेको पनि अधिकारीहरूले बताएका छन् ।

आगलागी नियन्त्रणका लागि दुई अग्नि नियन्त्रक विमान, एउटा हेलिकोप्टर, ३०० भन्दा बढी अग्नि नियन्त्रकहरु लगायत परिचालन गरिएको थियो ।