NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

सरिना विलियम्सलाई युएस ओपनअगाडि झट्का

काठमाडौं । यसै महिना हुन लागेको युएस ओपन खेलअघि अमेरिकी टेनिस स्टार सरिना विलियम्सलाई ठूलो धक्का लागेको छ ।

अमेरिकामा भएको सिनसिनाटी ओपन खेलमा उनी बेलायतकी १९ वर्षीया एम्मा रादुकानुसँग पहिलो राउण्डमै बाहिरिइन् ।

२३ पटकका ग्राण्डस्लाम विजेता विलियम्स सिधा सेटमा ६–४, ६–० ले पराजित भएकी हुन् ।

पराजयपछि सरिना सञ्चारकर्मीसँग कुरा नगरी चुपचाप कोर्टबाट बाहिरिएकी थिइन् ।

गत हप्ता भोग म्यागजिनका लागि लेखिएको लेखमा ४० वर्षीया सरिना विलियम्सले अब आफू अन्य महत्त्वपूर्ण कुराहरूमा लागिरहेको बताएकी थिइन् । यसपछि उनले इन्स्टाग्राम पोस्टमा काउन्टडाउन सुरु भएको उल्लेख गरेकी थिइन् ।

जसका कारण सेरेना विलियम्सले युएस ओपनपछि सन्यासको घोषणा गर्न सक्ने अनुमान थप तीव्र भएको छ । युएस ओपन यही महिनाको २८ गतेबाट सुरु हुँदैछ ।

लामो समयको चोटपछि सरिना विलियम्स यस वर्ष जुनमा विम्बल्डन खेलबाट सिंगल्समा फर्किएकी थिइन् । उनले युएस ओपन खेल्ने बताएकी छन् ।