NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

आजबाट सिंहदरबारमा ग्यास सिलिण्डर रोक

काठमाडौं । सिंहदरबारभित्र आजबाट ग्यास सिलिण्डर लैजान रोक लगाइएको छ । खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार आजबाट सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक लगाइएको हो ।

यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिंहदरबारभित्रका सबै मन्त्रालय तथा निकायलाई पत्राचार गर्दै आर्थिक वर्ष २०७९/८० को बजेटको बुँदा नं. २५३ प्रभावकारी कार्यान्वयन गर्न र साउन महिनाभित्रै ग्यास सिलिन्डर विस्थापित गरीसक्न निर्देशन दिएको थियो ।

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट भाषणमा सिंहदरबार परिसरमा आगामी साउन महिनाभित्र ग्यास सिलिण्डरको विस्थापन हुनुपर्ने र विद्युतीय चुलो प्रयोग गर्नुपर्ने जनाएको थियो ।

सिंहदरबारमा मन्त्रालय तथा निकायहरुका क्यान्टिनमा ग्यास सिलिण्डरको प्रयोग हुँदै आएको थियो । ग्यास सिलिण्डरको प्रयोगमा रोक लगाइने भएसँगै विद्युतीय चुलो प्रयोग गरिने भएको छ ।

सिंहदरबारमा साउनभित्रै ग्यास सिलिण्डर हटेर विद्युतीय चुलो बल्ने