NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

मस्कले म्यानचेस्टर युनाइटेड किन्ने कुरा मजाक मात्रै !

एजेन्सी । विश्वका चर्चित धनाढ्य एलन मस्कले फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्नेबारे गरेको संकेत मजाकमात्रै भएको बताएका छन् । बुधबार ट्विटरमा आफू युनाइटेड किन्न तयार भएकोबारे लेखेको ट्विट मजाक भएको भन्दै उनले अर्को ट्विट लेखेका हुन् ।

सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा मस्कले फुटबल क्लब युनाइटेड खरिद गर्नेबारे हल्ला व्यापक भएपछि मस्कले ‘स्टाण्ड अप कमेडी’ मा पनि आफू माहिर भएको भन्दै उनले उक्त ट्विटलाई मजाकको संज्ञा दिएका हुन् ।

टेस्ला तथा स्पेसएक्सका मालिक मस्कले यसअघि पनि ४४ बिलियन डलरमा ट्विटर खरिद गरेका थिए ।

केही दिनअघिमात्रै युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार व्यहोरेको थियो । लिगमा सर्वाधिक सफल क्लब युनाइटेडले ब्रेन्टफोर्डसँग ४–० गोलको नमिठो पराजय भोगेको हो ।

एलन मस्कले म्यानचेस्टर युनाइटेड किन्ने !