NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

बागमती प्रदेश प्रमुखबाट दुई अध्यादेश जारी

काठमाडौं । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा, २०२ को उपधारा, १ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयबाट सिफारिस भई आएका दुईवटा अध्यादेश जारी गरेका छन् ।

ती अध्यादेश प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७९ र स्थानीय तहको सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७९ हुन् ।