NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

घट्यो सेयर बजार, १ अर्बको कारोबार

काठमाडाैं । बुधबार सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का असार बुधबार नेप्से सूचक ०.३६ अंकले घटेर २०४०.७१ विन्दुमा झरेको छ । त्यस्तै सेन्सिटिभ इन्डेक्स भने बढेको छ । नेप्सेका अनुसार आज सेन्सिटिभ इन्डेक्स ०.२८ अंकले उकालो लागेर ३९४.६३ विन्दुमा पुगेको छ ।

नेप्से घटेसँगै कारोबार रकमसमेत खुम्चिएको छ । आज कुल २२० कम्पनीको ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर खरिदबिक्री हुँदा कुल १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये ७ उपसमूहको सूचक बढेको छ भने बाँकी ६ उपसमूहको घटेको छ ।

बढेका उपसमूहरूमा विकास बैंक ०.६१, जलविद्युत ०.६८, वित्त ०.४४, नीर्जीवन बीमा ०.४१, उत्पादन ०.०५, लघुवित्त ०.०७, सामूहिक लगानी कोष ०.३१ अंकले बढेको छ ।

त्यस्तै बैंकिङ ०.२८, व्यापार ०.१८, होटल तथा पर्यटन ०.०१, अन्य ०.२२, जीवन बीमा ०.४८ र लगानी ०.२ अंकले घटेको छ ।