NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

थप ८५२ जनामा कोरोना पुष्टि, ३२८ संक्रमणमुक्त

काठमाडौं । गत २४ घण्टामा थप ८५२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गएको २४ घण्टामा ६ हजार ८८३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

मंगलबार ८४८ जनामा कोरोना पुष्टि भएको थियो । त्यस्तै, बुधबार ३२८ जना संक्रमित निको भएका छन् भने ५ हजार ४६२ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन् । मंगलबार एक जना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ९९० पुगेको छ ।